नाबालिग बलात्कार घटना: एलओडीका म्यानेजरसहित २ जना पक्राउ

काठमाडौं । बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न प्रहरीले काठमाडौंको ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिक्स) का म्यानेजर सहदेव सेढाईंसहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले सेढाईं र काउन्टरमा काम गर्ने सपना ढुंगानालाई पक्राउ गरेको काठमाडौंका प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए ।

एसएसपी कार्कीले यसअघि सञ्चालकहरु घटना भएको दिन क्लबमा नआएको र उनिहरु लगानीकर्ता मात्र भएकाले सरकारी वकिल कार्यालयले हाजिरी जमानीमा छाडेको बताउँदै प्रत्यक्ष संलग्न देखिएका कर्मचारीलाई नियन्त्रणमा लिइएको बताए ।

एलओडीमा गएकी एक १६ वर्षकी बालिका बलात्कृत भएको घटनापछि प्रहरीले उमेर नपुगेको व्यक्तिलाई क्लबमा प्रवेश गराएको भन्दै अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *