काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेसँगै सार्वजनिक यातायातको भाडा पनि घटाएको छ । स्वचालित प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात ब्यवस्था विभागले पनि भाडा समायोजन गरेको हो ।
स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो । त्यसैलाई आधार बनाएर यातायात ब्यवस्था विभागले यात्रुबहाक सवारी साधनमा २.१३ प्रतिशत भाडा घटाएको छ ।
त्यसैलाई आधार बनाएर यातायात व्यवस्था विभागले यात्रुवाहक सवारी साधनमा २.१३ प्रतिशत, मालवाहक पहाडमा २.७८ र तराइमा ३.०९ प्रतिशतले भाडा घटाएको महानिर्देशक नारायणप्रसाद भट्टराइले बताए ।
सूची हेर्नुस् :
Artha Sanjal
अर्थ सन्जाल