काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्यमा कुनै हेरफर भएको छैन् । योसँगै छापावाला सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ।
हिजो सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४८० रुपैयाँ कायम भएको थियो। हिजो पनि चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ४८० रुपैयाँमा किनबेच भएको थियो।
Artha Sanjal






