

काठमाडौं । ललिता निवास प्रकरणमा केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) को हिरासतमा रहेका मिनबहादुर गुरुङसहित चार जनाले दर्ता गरेको बन्दीप्रत्यक्षीकरणको मुद्दाका लागि सोमबार सर्वोच्च अदालतमा पेसी तोकिएको छ ।
न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा उक्त रिट निवेदनमाथि सुनुवाइ हुने भएको हो । प्रहरी प्रधान कार्यालयले दायर गरेको भ्याकेट पनि सोही इजलासमा सुनुवाइ हुने भएको छ ।
यसअघि आइतबार पनि ती मुद्दा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर हेर्न नभ्याइएको भन्दै इजलासले प्रतिवादीहरुलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश दिएको थियो ।
सञ्चारसचिव कृष्णबहादुर राउत, भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिर कुमार शाह र मालपोतका पूर्व कर्मचारी धर्मप्रसाद गौतमले भने आफूहरुलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका हुन् ।

अर्थ सन्जाल