वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक,कसको ब्याज सबैभन्दा बढी ?

काठमाडौँ । वाणिज्य बैंकहरुले साउन महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।असार महिनासम्म नेपाल बैंकर्स संघ एनबिएले तोके अनुसार एकै सिसिमको ब्याजदर निर्धारण गर्दै आएका बैंकहरुले साउन महिनादेखि आफ्नै हिसाबले फरक परक ब्याजदर तोकेका हुन् ।

केही बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढाएका छन् भने केही बैंकले घटाएका छन् । असारमा बैंकहरुले मुद्दति निक्षेपमा ९.९९% ब्याज दिइरहेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा हाल कायम ब्याजदरको औसत १०% विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । जसअनुसार ९ प्रतिशत सरदर ब्याज कायम हुनपुग्छ ।

असार महिनाको अन्तिम दिन आइतवार वाणिज्य बैंकहरुले साउन महिनाका लागि नयाँ ब्याजदर प्रकाशित गरेअनुसार सबैभन्दा बढी ब्याज एमएमबी बैंकले दिने भएको छ भने सबैभन्दा कम ब्याज स्ट्याण्डर्ड चार्टर्ड बैंकले दिने भएको छ ।एमएमबी बैंकले सर्वाधिक १०.९८ प्रतिशत ब्याज दिने भएको छ । बैंकले १० वर्ष वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा सो दरमा ब्याज दिने भएको हो। त्यसैगरी, बैंकले २ वर्षदेखि १० वर्ष अवधिको मुद्दती निक्षेपमा ९.७५ प्रतिशत, १ वर्षदेखि २ वर्ष अवधिको निक्षेपमा ९.५० प्रतिशत ब्याज दिने भएको छ।

त्यसैगरी, प्राइम कमर्सियल बैंक, नबिल बैंक, र कुमारी बैंकले १० प्रतिशतभन्दा बढी ब्याज दिने भएका छन् । प्राइम कमर्सियल बैंकले ३ महिना वा सोभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १०.९३ प्रतिशत ब्याज दिने भएको छ भने नबिल बैंकले २ वर्षभन्दा बढी अवधिको मुद्दती निक्षेपमा १०.४९ प्रतिशत ब्याज दिने भएको छ। स्ट्याण्डर्ड चार्टर्ड बैंकले सबैभन्दा कम ८.९५ प्रतिशत ब्याज दिने भएको छ।

कुन बैंकको ब्याज कति ?

केही महिनाअघि बजारमा तरलता अभाव हुँदा बैंकहरुले जथाभावी निक्षेपको ब्याजदर तोकेर अस्वस्थ प्रतिस्पर्धामा उत्रिन थालेपछि नेपाल बैंकर्स संघले ब्याजदर कार्टेलिङको नीति लिएको थियो अर्थात सबै बैंकले निक्षेपमा एकै ब्याजदर तोक्ने भद्र सहमति गरेको थियो सो पश्चात असारसम्म बैंकर्स संघको निर्णयअनुसार बैंकहरुले ब्याजदर तोक्दै आएका थिए। पछिल्लो समय बैंकहरुमा अत्याधिक तरलता बढ्न थालेपछि बैंकहरुले सहमतिमै ब्याजदर बजारअनुरुप छाड्ने निर्णय गरेका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *