घोराही सिमेन्टको आईपिओ आज बाँडफाँड हुदै,कसले कति पाउँछन् शेयर ?

काठमाडौंँ । घोराही सिमेन्टले निष्काशन गरेको आईपिओ आज आइतबार बाँडफाँड हुने भएको छ । कम्पनीले गत जेठ ३२ गतेदेखि निष्काशन गरेको शेयरमा चलखेल भएको भन्दै चौतर्फी विरोधपछि नेपाल धितोपत्र बोर्डको आदेशमा गत असार ४ देखि कम्पनीको आईपिओ स्थगित गरेको थियो ।

कम्पनीको आईपिओमा परेको प्रारम्भिक विवरण हेर्दा आवेदन दिएका सबै आवेदकले शेयर पाउने भएका छन् । कम्पनीले आज अपरान्ह ३ः३० बजे नक्साल स्थित नबिल इन्भेष्टमेन्टको कार्यालयमा शेयर बाँडफाँड गर्न लागेको हो । कम्पनीको आईपिओमा परेको अन्तिम आवेदन विश्लेषण गर्दा सबै आवेदकले न्युनतम १० कित्ता र केहि आवेदकले २० कित्तासम्म शेयर पाउने देखिएको हो।

कम्पनीले सर्वसाधारणलाई अंकित मूल्य १०० रुपैयाँमा ३२५ रुपैयाँ प्रिमियम थपेर प्रति शेयर ४सय ३५ रुपैयाँमा शेयर निष्काशन गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *