काठमाडौं । प्रभु बैंकका सञ्चालक मनबहादुर राई (संस्थापक समूह) ले दिएको राजीनामा स्वीकृत भएको छ ।
राईले दिएको राजीनामा असार १५ गते बसेको सञ्चालक समितिको २सय ९७ औं बैठकले स्वीकृत गरेको जनाइएको छ ।
उनले आफ्नो घरायसी व्यवहारिक कारणले सञ्चालक पदबाट राजीनामा दिएको बैंकले जनाएको छ ।





