नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने

काठमाडौं । नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले ‘नबिल डिबेन्चर–२०८७’ नामक ऋणपत्र जारी गर्न अनुमति माग्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो ।

बोर्डले अनुमति दिएमा नबिल बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ ऋणपत्र निष्काशन गर्नेछ । जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गर्नेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि जारी गर्ने छ ।

नबिल बैंकको यो ऋणपत्र ७ वर्षे अवधिको हो । यसमा लगानीकर्ताले वार्षिक ९ प्रतिशत ब्याज पाउनेछन् । नबिल बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *