काठमाडौं । शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्मामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । बचतकर्ताको १४ अर्ब रुपैयाभन्दा बढी ठगेको आरोप लागेको शर्मामाथि अनुसन्धान थालेको हो ।
उनी आवद्ध रहेको कम्पनी र उनको समेत चलअचल सम्पत्ति रोक्का राखेर अनुसन्धान सुरु गरिएको सहकारीका विभागले जनाएको छ । तुलसी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसमेत रहेका छन् ।




