काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले राजनीतिमा सिक्न नभई सिकाउन आएको दाबी गरेका छन् । जेन–जी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नयाँ पुस्ता राजनिती सिक्न नभई त्यसलाई सच्याउन आएको दावी गरेका हुन् ।
‘हाम्रो भविष्य हामी आफैं कोर्नेवाला छौं, अरुलाई कोर्ने दिनेवाला छैनौं । हामी राजनीति सिकाउन आएको, सिक्न आएको होइन । तपाईंहरूको राजनीतिले हाम्रो जनतालाई राज गर्न सिकायो । यो युवाहरूको पुस्ताको सरकार हो हामी सेवा गर्न सिकाउँछौँ,’ उनले भने, ‘यही हो राजनीति, नयाँ राजनीति ।’
आफूहरु चुनाव लडेर जितेर दुई तिहाइको बहुमत ल्याएर आएको उनले बताए । ‘राजनीतिमा हामी धेरै परिपक्व छौं भनेर जो नेतागणहरू हामीलाई भाषण सुनाउनुहुन्छ उहाँहरूलाई भन्न चाहन्छु, सन्देश दिन चाहन्छु, त्यो संस्कार भत्काउन आएको नयाँ पुस्ताको सरकार हो,’ उनले भने ।
उनले नेपाललाई स्वीट्जरल्यान्ड वा सिंगापुर बनाउने नभई आफ्नै पहिचानसहितको नेपाल बनाउने बताए ।




