प्रतिनिधिसभा बैठक आज बस्दै,राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज  बिहान ११ बजे बस्ने भएको छ । आजको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ भने सो विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।

सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि प्राप्त संशोधनहरूलाई निणयार्थ प्रस्तुत गरिनेछ भने सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुने सङ्घीय संसद् सचिवालयका महासचिवले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *