काठमाडौं । नेपाली कांग्रेस क्षेत्र नम्बर २ रुपन्देहीको क्षेत्रीय सम्मेलनमा दुई समूहबीच हात हालाहाल भएको छ संस्थापन पक्षका विद्यार्थी नेताहरुले कार्यक्रम बिथोल्ने प्रयास गरेपछि दुवै समूहका नेताहरू आक्रोशित भएका थिए । विवाद बढेपछि प्रहरी परिचालन गरेर कार्यक्रम गरिएको छ ।
बुटवलको एक होटलमा सञ्चालन भइरहेको कार्यक्रममा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले मन्तव्य राखेर निस्किएपछि संस्थापन पक्षधर नेपाल विद्यार्थी संघ रुपन्देहीका सभापति सन्दीप पौडेल लगायतका विद्यार्थी नेताहरुले आफूहरुलाई आसनग्रहण नगराएको भन्दै कार्यक्रममा विथोल्ने प्रयास गरेका थिए ।
संस्थापन समूहका विद्यार्थी नेताहरुले कार्यक्रमस्थलमा नाराबाजी गर्दै ब्यानर च्यातेका थिए ।







