दसैंपछिको पहिलो कारोबारमै घट्यो शेयर बजार

काठमाडौं । आज दशैंपछिको पहिलो कारोबार दिन शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ४.३४ अंकले घटेर २६२९.८२ को विन्दुमा बन्द भएको छ ।

आज ३४१ कम्पनीको १ करोड ३ लाख ४३ हजार ७०९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब माथिको शेयर कारोबार भएको छ । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १७१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै घलेम्दी हाइड्रोको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको २० करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । माउन्टेन इनर्जीको १७ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै बेनी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९९ प्रतिशतका दरले कमाएका छन् । माथिल्लो मैलुङ खोलाका लगानीकर्ताले ५.८१ प्रतिशतका दरले कमाएका छन् । सोनापुरका लगानकिर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै चिरख्वा हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । आज यसका लगानीकर्ताले ७.९२ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *