काठमाडाैं । बालुवाटार प्रकरणमा पक्राउ परेका तीन जना अभियुक्तलाई त्रिवि शिक्षण अस्पताल (टिचिङ) मा भर्ना गरिएको छ।
प्रहरीका अनुसार भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङ, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालय डिल्लीबजारका पूर्व प्रमुख धर्मप्रसाद गौतमलाई टिचिङ अस्पतालमा भर्ना गरिएको हो। प्रहरीकाअनुसार तीनै जनालाई हिजो नै (बिहिबार) अस्पताल भर्ना गरिएको हो।
तीनै जनालाई स्वास्थ्यमा समस्या देखिएकाले अस्पताल भर्ना गरिएकाे हाे । उनीहरू दुई जनामध्ये एक जनाको प्रोस्टेटको अपरेशन गरिएको छ भने अर्को व्यक्तिलाई बेला-बेलामा अक्सिजन दिइरहनुपर्ने अवस्था रहेकाे प्रहरीले जनाएकाे छ। तीन जना अस्पताल भर्ना भएपछि गोपाल कार्की मात्र हिरासतमा छन्।
ब्युरोले असार १२ गते ललिता निवास प्रकरणमा ७ जनालाई पक्राउ गरेको थियो। तीमध्ये तीन जना कलाधर देउजा, सुरेन्द्रमान कपाली र भुपेन्द्रमणि केसीले अदालतबाट स्टे-अर्डर लिएका थिए। त्यसैले उनीहरू सोही दिन छुटेका हुन्।




