यसरी मनाईयो धान दिवस (हेर्नुहोस् तस्बिरहरु)

काठमाडौं । मानो रोपेर मुरी उब्जाउने समय मानिने असार महिनाको पर्वको रुपमा रहेको असार पन्ध्रमा देशभर धान रोप्ने चटारो किसानहरुलाई छ। सहरी एरियामा बस्ने नागरिकहरुलाई पनि असार पन्ध्रको पर्वले खुबै तताएको छ ।

राजनीतिक दलका नेता तथा कर्मचारीहरु पनि यतिबेला धान रोप्ने भन्दै विभिन्न ठाउँमा गएर रमाइलो गरिरहेका छन् । कुनै बेला नेपालले धान र चामल भारतलाई निर्यात गर्थौ । २०३८ सालसम्म नेपालबाट कम्पनी नै खोलेर धान र चामल भारत निर्यात हुन्थ्यो भन्ने गरिन्छ । तर त्यसपछि खेतीयोग्य जमीन घडेरीमा बिक्री गर्ने काम बढ्दै गयो । अहिले भने भारतबाटै चामल निर्यात भइरहेको छ । करिव १२ हजार वर्ष पहिले चीनको याङ्जी किनारबाट धान खेतीको शुरुवात भएको मानिन्छ । यो विस्तारै भारतको गंगा किनारमा पनि सुरु भयो । यसरी चीनबाट भारतमा पुग्ने क्रममा नेपालमा पनि यसको खेती हुन थालेको मानिन्छ।

एशियाका देशहरुमा ९० प्रतिशत मानिसहरुको मुख्य खानामा धान बाली नै प्रमुख बालीका रुपमा रहँदै आएको छ । अहिले विश्वको धान उत्पादनको प्रमुख हिस्सेदार चीन र भारत देश हुन । नेपालमा पनि धानको पर्याप्त खेती हुने सम्भावना छ । २०२९ सालमा सरकारले धान चामल निर्यात कम्पनी स्थापना गरी नेपालले धानको निर्यातको थालनी गरेको थियो । हुन त त्यस अगाडि पनि भारत तर्फ धान निकासी हुन्थ्यो तर खासै नियमन नभए पछि सरकारले कम्पनी नै खोलेको थियो ।

तर अहिले भने भारतीय बजारबाट चामललगायत धानबाट बनाइने कृषि सामाग्रीहरु धेरै मात्रामा आयात हुने गरेको छ । नेपालबाट केही मात्रामा धान अहिले पनि निर्यात हुने गर्छ । नेपालले धान आयातको शुरुवात २०३९/४० बाट गर्न थालेको हो । पहिलो वर्ष नेपालले ३४ हजार मेट्रिक टन धान आयात गरेको थियो । त्यसपछि ४०/४१ मा १३ हजार, २०४१/०४२ मा ८ हजार र २०४२/४३ मा ६ हजार मेट्रिक टन मात्र आयात गरेको इतिहासका पानामा पढ्न पाइन्छ ।

अहिले नेपालको धान लगायत अन्य खाद्य पदार्थको आयात हेर्दा नेपाल पूर्ण रुपले पराधिन भइसकेको देखिन्छ। खाडी र मलेशियाबाट पठाएको. रेमिटान्सले देशका लागि आबश्यक खाद्य वस्तु खरिद गर्ने खर्च हुने देखिन्छ। गाउँका खेत बाँझो रहने र शहर बजारमा बसाईसराई केन्द्रीत हुने अवस्था बढ्दै छ । सरकारले भने यसमा कुनै ठोस नीति ल्याउन सकेको छैन ।

सरकारले २०६१ सालबाट असार पन्ध्रलाई धान दिवसका रुपमा मनाउने घोषणा गरेको हो । धानको आयात बढ्दो क्रममा रहे पनि देशले धान दिवसको रमाइलो गर्न भने छाडेको छैन । अहिले् धान दिवस पनि एक अर्कोलाई हिलो छ्याप्ने र हिलोमा गाँजिने गरेर हिले माटोमा खेलिने प्रतियोगिता जस्तै भएको छ । आजै पनि नेपालका पूर्व प्रधानमन्त्रीहरु डा. बाबुराम भट्टराई, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्व उपप्रधान तथा गृहमन्त्री रबी लामिछाने, कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसाल, सांसद डा. स्वर्णिम वाग्ले, नेकपा महासचिव नेत्रविक्रम चन्द‘विप्लव’लगायतले धान रोपेर असार पन्त्र्र मनाएका छन् ।

धेरै राजनीतिक व्यक्तित्व, कलाकारलगायतले पनि धान रोपेर असार पन्ध्र मनाउने गरेका छन् ।धान रोप्नेबेला तात्ने राजनीतिक दलहरु भने मल र बीउ किसानसम्म पुर्याउन विषयमा सेलाउने गर्छन । नेपालको कृषि क्षेत्रमा किसानहरुले मल, बीउको समस्या भोग्दै आइरहेका छन्।

तस्बिरहरु

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *