यस्ता छन् दही चिउरा खानुका सात फाइदा

काठमाडौं । असार १५ गते मनाइने धान दिवस आज रोपाइँ गरी दही चिउरा खाएर मनाइँदैछ । आजबाट रोपाइँ सुरु गरेर दही चिउरा खाजाको रूपमा खाने चलन रहेको छ । दही चिउरा स्वास्थ्यका लागि निकै फाइदाजनक छ । दही चिउरामा कार्बोहाइड्रेट, प्रोटिन, क्याल्सियम, भिटामिन पाइन्छ ।

कृषि प्रधान देश भएकाले नेपालका अधिकांश नागरिकको पेसा खेतीपाती हो । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

हिजोआज चिनी हालेर गुलियो बनाएर दही खाने चलन छ । चिनी हाल्नुभन्दा सिजन अनुसारका फलफूल केरा, आँप आदि मिसाएर खाँदा उपयुक्त हुन्छ । यसरी खाँदा हामीले थप भिटामिन र खनिज पदार्थ पनि पाउन सक्छौं ।

दहीमा पाइने स्वास्थ ब्याक्टेरियाले पाचन क्रियालाई सहयोग पुर्याउँछ । दही चिसो हुने भएकाले यसले मसलेदार खानेकुराको असरलाई कम गर्दछ । त्यसैले दही चिउरा खाँदा मिठो मात्र होइन, यसले स्वास्थ्यका लागि पनि निकै फाइदा गर्छ ।

दही चिउरा खानुको फाइदाहरु
– दहीमा चिउरा मिसाएर खाँदा कार्बोहाइड्रेड, प्रोटिन, क्याल्सियम, भिटामिन प्राप्त हुन्छ ।
– चिउरामा आइरनको मात्रा बढी हुन्छ । त्यसकारण दहीमा मिसाएर खाँदा लाभ मिल्छ ।
– दहीको सेवनबाट पेटको गर्मीमा पनि कमी ल्याउँछ । यसले शरीरमा शीतलता प्रदान गर्छ ।
– चिउरा निकै सजिलै पच्ने भएकाले पाचनमा समस्या हुनेहरूले प्रयोग गर्न सक्छन् ।
– चिउरामा थोरै तरकारी समावेश गर्दा यो खानाको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
– चिउराले मधुमेह रोगीलाई निकै फाइदा पुर्‍याउँछ । यसको सेवन गर्दा धेरै बेरसम्म भोक नलाग्ने र रगतमा सुगरको सञ्चार ढिलो गराउँछ ।
– पखाला लागेको समयमा दहीको सेवन गरे यसले पखाला नियन्त्रण गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *