एनसेलको नयाँ ‘एनसेल सेन्टर’ लहानमा

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यसहित लहानको सहिदचोकमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक कार्यक्रममाझ बिहीबार उक्त एनसेल सेन्टरको उद्घाटन गरेका थिए। आजदेखि यो सेन्टर सबै ग्राहकलाई सेवा प्रदान गर्ने गरी पूर्ण रुपमा सञ्चालनमा आएको छ।

आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैँ सँगै’ अनुरुप स्थापना गरिएको यस नयाँ एनसेल सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरुसमेत लिन सक्छन्।

यसैगरी ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्ने, सिम तथा मोबाइल नम्बर परिवर्तन, सिम ई–सिममा अपग्रेड गर्न, सीयूजी नम्बरहरुको आवश्यक फेरबदल गर्ने, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु गर्ने, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्नेलगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्छन्। ‘हाम्रो मुख्य उद्देश्य भनेको आफ्ना ग्राहकलाई सेवाहरुमार्फत धेरैभन्दा धेरै लाभ सिर्जना गर्नु हो’, जाब्बोरले भने, ‘लहानको यो नयाँ एनसेल सेन्टर ग्राहकलाई स्थानीय स्तरमा विश्वस्तरीय ग्राहक सेवाहरु प्रदान गर्ने हाम्रो प्रतिवद्धता बमोजिम सञ्चालनमा ल्याइएको हो।’

आइतबारदेखि शनिबार हप्ताको सातै दिन बिहान ९ बजे देखि ५:३० बजे सम्म यस सेन्टरले ग्राहकहरुलाई सेवा प्रदान गर्नेछ।

यसअघि एनसेलले विगत १० वर्षदेखि लहानमा आफ्नो पुरानो एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको थियो। आफ्नो ग्राहक सेवालाई अझ सहज बनाई उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा ३४ वटा एनसेल सेन्टरहरु सञ्चालन गर्दै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *