काठमाडौं । नेपाल बैंक लिमिटेडले ऋणीहरुलाई ब्याज छुटसहित कर्जा चुक्ता गर्न आउन आह्वान गरेको छ।
बैंकले एक सूचना जारी गर्दै २०७० चैत मसान्तअगाडि नै खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा १ लाख रुपैयाँदेखि २५ लाख रुपैयाँसम्मका खराब कर्जा तथा अपलेखित कर्जा ऋणीहरुलाई ब्याज छुटसहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरेको हो ।
ब्याज छुट सुविधा
१. बक्यौता साँवा रु.१ लाखसकक भएका कर्जाहरुको हकमा बाँकी साँवा (अन्य खर्चसहित) र बाँकी साँवाको १० प्रतिशत बराबरको रकम ब्याज बुझिलिई अन्य ब्याजहरु मिनाहा दिई कर्जा राफसाफ गर्न सक्ने ।
२. बक्यौता साँवा रु.१ लाखभन्दा माथि रु. लाखसम्म भएका कर्जाहरुको हकमा बाँकी साँवा (अन्य खर्चसहित) र बाँकी साँवाको ३० प्रतिशत बराबरको रकम ब्याज बुझिलिई अन्य ब्याजहरु मिनाहा दिई कर्जा राफसाफ गर्न सक्ने ।
३. बक्यौता साँवा रु. ४ लाखभन्दा माथि रु. १० लाखसम्म भएका कर्जाहरुको हकमा बाँकी साँवा (अन्य खर्च सहित) र बाँकी साँवाको ४० प्रतिशत बराबरको रकम ब्याज बुझिलिई अन्य ब्याजहरु मिनाहा दिई कर्जा राफसाफ गर्न सक्ने ।
४. बक्यौता साँवा रु.१० लाखभन्दा माथि रु.१४ लाखसम्म भएका कर्जाहरुको हकमा बाँकी साँवा (अन्य खर्चसहित) र बाँकी साँवाको ६० प्रतिशत बराबरको रकम ब्याज बुझिलिई अन्य ब्याजहरु मिनाहा दिई कर्जा राफसाफ गर्न सक्ने ।
५. बक्यौता साँवा रु.१४ लाख भन्दा माथि रु.२० लाखसम्म भएका कर्जाहरुको हकमा बाँकी साँवा (अन्य खर्चसहित) र बाँकी साँवाको ७० प्रतिशत बराबरको रकम ब्याज बुझिलिई अन्य ब्याजहरु मिनाहा दिई कर्जा राफसाफ गर्न सक्ने ।
६. बक्यौता साँवा रु.२० लाखभन्दा माथि रु.२४ लाखसम्म भएका कर्जाहरुको उक्तमा बाँकी साँवा (अन्य सर्च सहित) र बाँकी साँवाको ८० प्रतिशत बराबरको रकम बुझिलिई अन्य ब्याजहरु मिनाहा दिई कर्जा राफसाफ गर्न सक्ने ।
यो ब्याज छुट सुविधाको विशेष व्यवस्था यही असार मसान्तसम्म मात्र रहेको बैंकले स्पष्ट पारेको छ। यो अवसरको फाइदा लिई ऋणमुक्त हुन पनि बैंकले आग्रह गरेको छ।




