काठमाडौं । प्रभु बैंकले कृषकहरुलाई सहुलियतपूर्ण ऋण प्रदान गर्ने भएको छ । बैंकले हेफर इन्टरनेशनल नेपालसँग युवा तथा महिला उद्यमी र साना किसानहरुलाई सुलभ बित्तिय कर्जा उपलब्ध गराउने बिषयमा भएको सम्झौता अनुरुप धादिङ्ग जिल्लाको खनियाँबास गाउँपालिकाका किसानहरूलाई सहुलियतपुर्ण कृषि कर्जा उपलब्ध गराएको हो ।
धादिङको आरुघाटमा एक कार्यक्रम बिच खनियाँबास गाउँपालिकाका अध्यक्ष रण बहादुर तामाङ, हेफर इन्टरनेशनलका सह–निर्देशक प्रकाश कटुवाल र प्रभु बैंक बाग्मति प्रदेश प्रमुख राजु केसीले संयुक्त रुपमा चेक हस्तान्तरण गरिएको हो ।
खनियाँबास गाउँपालिकाका किसानहरू क्रमशः आकृति कुखुरा पालन तथा कृषि व्यवसाय, लपसङ कोर्प आग्रो फर्म, सुसन्ना बाख्रा पालन फर्म, एम.बि. बाख्रा पालन तथा कृषि व्यवसाय, धार्ना डुन्डुरे वोयर बाख्रा पालन फर्म र सिङला बाख्रा पालन फर्मका ६ जना कृषि तथा पशु उद्यमशिलतामा काम गरिरहेका उद्यमीहरुलाई प्रभु बैंकको आरुघाट शाखा कार्यलयबाट रु ५० लाखको सहुलियतपूर्ण कृषि कर्जाको चेक हस्तान्तरण गरिएको हो ।




