पैसा नभएको खाताबाट आईपीओ भरेमा कारबाही हुने

काठमाडौं । बैंक खातामा पैसा नभएको वा अपुग रकम भएको बैंक खाताबाट सार्वजनिक निष्कासन अर्थात् आईपीओ भरेमा कारबाही हुने भएको छ ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले एक सूचना सार्वजनिक गर्दै आवश्यक मौज्दात नभएको खाताबाट सेयर भरेमा कारबाही हुने जनाएको हो । साे कार्य गरेमा धितोपत्रसम्बन्धी ऐन २०६३ अनुसार झुटा एवम् जालसाजीयुक्त कारोबारअन्तर्गत कारबाही हुने सीडीएस लिमिटेडले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *