अर्थ सन्जाल
१८ मंसिर २०८०, सोमबार
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार
१८ मंसिर २०८०, सोमबार
अर्थ सन्जाल
  • होमपेज
  • विजनेश फोकस
  • बैंकिङ्ग
    • बैंक
    • सहकारी
    • लघुबित्त
    • रेमिटेन्स
  • समाचार
  • अर्थ राजनीति
  • अर्थ खोज
  • अर्थवार्ता
  • शेयर बजार
  • बिमा
  • उधोग
  • कृषि
  • बिजनेस
  • पर्यटन
  • अन्य
    • पालिका
    • समाज
    • अटाे
    • बिबिध
    • बिचार

शंकाको घेरामा घोराही सिमेन्टको आईपीओ : अध्यक्ष हमाल भन्छन् , ‘छानबिन समिति गठन भइसक्यो, कारबाही हुन्छ’

  • सरस्वती अधिकारी
  • ४ असार २०८०, सोमबार १४:१४


काठमाडौं । घोराही सिमेन्ट इन्डस्ट्रीले जारी गरेको खुला गरेको आईपीओ सर्वसाधारणको अविश्वास बढेको छ । कम्पनीले जारी गरेको आईपीओमा करिब साढे २ गुणाले ओभरसब्सक्राइब्ड भइसकेको भनिए पनि फेरी म्याद थप भएसँगै चलखेल भएको सर्वसाधारणको आशंका बढेको हो ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)को नियमअनुसार कुनै पनि कम्पनीको आईपीओमा ओभरसब्सक्राइब्ड भइसकेपछि आवेदन दिने म्याद थप गर्न पाइदैन । तर कम्पनीले भने ओभरसब्सक्राइब्ड भइसकेको भनिएको आईपीओमा अन्तिम दिन पुन: म्याद थप गर्यो । जुन कानुनविपरित छ ।

सीडीएससीका अनुसार सोमबार १२.३० बजेसम्म यो आईपीओमा ४ लाख ४५ हजार ८९० आवेदकबाट कुल १ करोड ७२ लाख ५५ हजार २५० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा २.४९ गुणाले बढी हो।

कानुनत कुनै पनि कम्पनीको आईपीओ ५० प्रतिशतभन्दा कम सब्सक्राइब्ड भएको अवस्थामा आईपीओ नै रद्द हुन्छ। तर, ५० प्रतिशतभन्दा बढी सब्सक्राइब्ड भएको छ भने आईपीओमा म्याद थप गर्न सकिन्छ।

कम्पनीले यसरी म्याद थप्नु कानुनविपरित भएको बोर्ड अध्यक्ष रमेशकुमार हमालले बताए । यस विषयमा छानबिन गर्न कमिटि गठन छानबिन गरी कारबाही गर्न निर्देशन दिइसकेको बताए । ‘नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को सर्टिफाइड प्राप्त एकाउन्टेन्टले भेरिफाइड गरेर पठाएपछि हामीले एप्रुभ गर्नैपर्छ नि । जनताले बुझेर लगानी गर्नुपर्छ । यदि कसैले बदमासी गरेको गुनासो आए तुरुन्त एक्सन लिन्छु । उनले भने ।’

यसअघि नै कम्पनीको आईपीओमा लगानीकर्ताहरु शंका गरेका थिए । घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको थियो। यो आईपीओको निष्काशन बन्द छिटोमा आज असार ४ गतेसम्म आवेदन दिने व्यवस्था गरिएको थियो । तर, कम्पनीले ओभरसब्सक्राइब्ड भइसकेको आईपीओमा आवेदन दिने म्याद गरेर असार १४ गतेसम्म थप गरेको छ।

कम्पनीले म्याद थप्नुले यो आईपीओ साँच्चिकै ओभरसब्क्राइब्ड भएको हो या होइन भन्नेमा झनै शंका उब्जिएको छ। सोझासाझा लगानीकर्तालाई महँगोमा सेयर बेचेर फसाउन खोजिएको लगानीकर्ताहरु बताउँछन् ।

कम्पनीले कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम मूल्य थपेर प्रतिकित्ता ४३५ रुपैयाँमा आईपीओ बिक्री खुला गरेको थियो । जसमा स्थानीय बासिन्दाले त विरोध जनाएर आईपीओ नभर्ने अबियाँ समेत चलाएको थियो ।

कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको हो । यसमा स्थानीय, विदेशमा रहेका नेपाली श्रमिक, सामूहिक लगानी कोष र कर्मचारीलाई छुट्याएर बाँडफाँट गरेपछि बाँकी रहेको ८ लाख ७४ हजार ३८२ कित्तासमेत थपिएको थियो।

कम्पनीले आफैं करोडौँको सेयर किनेर ओभरसब्सक्राइब्ड नै नक्कली देखाएको आशंका भएको लगानीकर्ता रोहन कार्की बताउँछन् । उनी भन्छन्, ‘ओभरसब्सक्राइब्ड भइसकेको आईपीओमा म्याद थप गर्नु जरुरी हुन्छ र ? जनताले नै आईपीओ खरिद गरेको भए किन ओभरसब्सक्राइब्ड भइसक्दा पनि म्याद थप गर्नु होइन र ? त्यसैले ओभरसब्सक्राइब्ड नै नक्कली हो भन्ने मेरो आशंका हो ।’

कम्पनी आफैले खरिद गरेर जनता झुक्याउन खोजेको स्पष्ट देखिएको उनले बताए । यो विषयमा नियामकले छानबिन कराबहोई गर्नुपर्ने उनको माग छ ।

यद्यपि, कम्पनीले प्राप्त आवेदनहरु प्रमाणित गर्ने कार्य भइरहेकाले आवेदन दिने अवधि थपेर असार १४ गतेसम्म पुर्याइएको दाबी गरेको छ । तर यसअवधिमा सबै आवेदन प्रमाणित गर्दा माग अनुसार आवेदन प्राप्त भएमा भने असार १४ गते अगावै पनि आवेदन बन्द गर्न सकिने कम्पनीले बताएको छ ।

Artha Sanjal
मिती : ४ असार २०८०, सोमबार १४:१४ बजे प्रकाशित

सरस्वती अधिकारी

सम्बन्धित खवर

मुख्यमन्त्री कार्कीद्वारा बजेट कार्यान्वयनमा लाग्न प्रदेश सचिवहरुलाई निर्देशन

नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक

नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँटको मिति तय

घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च

ताजा समाचार

  1. मुख्यमन्त्री कार्कीद्वारा बजेट कार्यान्वयनमा लाग्न प्रदेश सचिवहरुलाई निर्देशन
  2. नमस्ते पेबाट उडान टिकट खरिद गर्नेले तत्कालै १०० रुपैयाँ क्यासब्याक
  3. नेपाल वेयरहाउजिङ्ग कम्पनीको आईपीओ बाँडफाँटको मिति तय
  4. घट्दो वैदेशिक विकास सहायता, बढ्दो प्रणाली बाहिरको खर्च
  5. ई-सेवा र कतारको अल फरदान बीच रेमिट्यान्स भुक्तानी सम्झौता
  6. चोभार सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा ट्रान्स नेपाल फ्रेट सर्भिसेज जेभीलाई
  7. रुसी सरकारलाई रुस-युक्रेन युद्धमा मारिएका ६ नेपालीको शव पठाइदिन नेपालले पठायाे पत्र

विजनेश फोकस

हिमालयन डिस्टिलरीले गर्‍यो लाभांश घोषणा

नेपाल क्लियरिङ्ग हाउसको साधारणसभा सम्पन्न,चुक्त...

हिमालयन रि–इन्स्योरेन्सको आईपीओमा आवेदन दिने आज...

एनआईसी एशियाको म्युचुअल फण्डमा आवेदन दिने आज अन...

अर्थ सन्जाल

अर्थसंजाल

Artha Sanjal

अनामनगर
Phone No. :- 01-5918180, 9849151321
Email:- aarthasanjal@gmail.com
सूचना विभाग दर्ता नं.: ७५४ / ०७४-७५

विज्ञापनका लागि सम्पर्क

9802310684
ad.arthasanjal@gmail.com

अर्थसंजाल टीम

प्रधान सम्पादक / अध्यक्ष

सिर्जना वाग्ले

हाम्रो टीम

वेबसाइट नेभिगेशन

  • विजनेश
  • शेयर बजार
  • बिमा
  • बिजनेस
  • अटाे
  • उधोग
  • कृषि
  • पर्यटन

नेभिगेशन

  • अर्थ मन्त्रालय
  • सूचना बिभाग
  • संचार मन्त्रालय
  • मुद्रा विनिमयदर
Copyright © 2023 Artha Sanjal. All Rights Reserved. Developed By Bhibhuti Solution.