ईङ्वा हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

काठमाडौं । ईङ्वा हाइड्रोपावर लिमिटेडको आईपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ६० लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुको लागि (बैदेशिक रोजगारीमा रहेका नेपाली,सामुहिक लगानी कोष,स्थानीय बासिन्दा र कर्मचारीहरु) समेत १८ लाख कित्ता र कम्पनीका संस्थापक शेयरधनीहरुले लगानी गरेको ४२ लाख कित्ता सेयर गरी सो बराबरको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको सेयरलाई नेप्सेले न्यूनतम ९७ रुपैयाँ २९ पैसादेखि २९१ रुपैयाँ ८७ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको छ । सोही आधारमा रहेर कम्पनीको सेयर मंगलबारदेखि दोस्रो बजारमा कारोबारमा आउनेछ । कम्पनीको सेयरलाई नेप्सेले (आईएचएल ) कारोबार संकेत प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *