


काठमाडौं । फिनटेक सेन्टर नेपालले विभिन्न बैंक तथा वित्तीय संस्थाका वरिष्ठ कार्यकारीहरूलाई आर्यन बुटिक होटेल काठमाडौंमा डिजिटल बैंकिङसम्बन्धी कार्यशाला गोष्ठी गरेको छ।
शुक्रबार सम्पन्न सो कार्यशालाका स्रोतव्यक्तिको रूपमा आइटीविज्ञ तथा डिजिटल इन्टरप्राइज आर्किटेक्ट विवेक राणा थिए । उनको कार्यपत्र नेपालमा डिजिटल बैंकिङमा कसरी सहज सरल र अझ विश्वसनीय ढंगले सुविधा प्रदान गर्न सकिन्छ भन्नेमा केन्द्रित थियो ।
प्रथम सत्रमा डिजिटल बैंकिङ ड्राइभर र डिजिटल इको सिस्टम इन नेपालसम्बन्धी प्रस्तुतीकरण, दोस्रो सत्रमा डिजिटल स्ट्राटिजिज र डिजिटल बैंकिङसम्बन्धी परिचय तथा अवधारणा प्रस्तुतीकरण तथा तेस्रो सत्रमा सेटिङ अप डिजिटल बैंकिङ प्रस्तुतीकरण साथै डिजिटल बैंकिङसम्बन्धी केस स्टडिज र सहभागीहरूबाट प्रस्तुतीकरण रहेको थियो ।
डिजिटल बैंकिङ रणनीति र अवसरबारे बृहत् एकदिने सो डिजिटल बैंकिङ कार्यशाला नेपालमै पहिलोपटक आयोजना भएको आयोजक तथा फिनटेक सेन्टर नेपालका अध्यक्ष मिलनराज नेपालीको दाबी छ । उनका अनुसार वर्कसपमा बैंक तथा वित्तीय संस्थाका कार्यकारी, विभाग प्रमुख, वरिष्ठ प्रबन्धक र डिजिटल बैंकिङमा चासो राख्ने भेन्डर तथा परामर्शदाताहरूको सहभागिता थियो ।

अर्थ सन्जाल