नेप्सेमा थपियो सवा ५४ लाख बढी कित्ता सेयर

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ४ कम्पनीको सवा ५४ लाख बढी कित्ता सेयर थपिएको छ । आइतबार नेप्सेमा युनिक नेपाल लघुवित्तको एफपीओ र साना किसान विकास, उपकार र नयाँ सारथी लघुविको बोनस सेयर थपिएको हो । यी ४ कम्पनीको कुल ५४ लाख २८ हजार ५८३.६८१८ कित्ता सेयर थपिएको हो।

युनिक नेपाल लघुवित्तको ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ रहेको छ। यो लघुवित्तले हालै सर्वसाधारणलाई एफपीओ बिक्री गरेको थियो।

त्यस्तै, नेप्सेमा साना किसान विकास लघुवित्तको ४० लाख ६७ हजार ४७५.६९१८ कित्ता, उपकार लघुवित्तको ४ लाख ५ हजार २३२ कित्ता र नयाँ सारथी लघुवित्तको ५ लाख ७६ हजार ४५०.९९ कित्ता बोनस सेयर सूचीकृत भएका छन्।

यी ३ लघुवित्तले गत आर्थिक वर्षका लागि वितरण गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ। गत आर्थिक वर्षका लागि साना किसान विकास लघुवित्तले २६ प्रतिशत, उपहार लघुवित्तले ६१.७५ प्रतिशत र नयाँ सारथी लघुवित्तले १९ प्रतिशत बोनस सेयर वितरण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *