काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तर्गत जिम्बाव्वेविरुद्ध भइरहेको खेलमा कुशल भुर्तेल शतक पूरा गर्नबाट १ रनले चुकेका छन् । टेस्ट मान्यता प्राप्त टोलीसँगको पहिलो खेलमा भुर्तेलले शतक बनाउँनबाट एक रनले पछि परेका हुन् । कुशल ९९ रन बनाएर आउट भए । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का हाने ।
पहिलो विकेटका लागि कुशलले आसिफ शेखसँग १७१ रनको साझेदारी गरे । यो साझेदारी ओडीआई क्रिकेटमा नेपालको कीर्तिमानी साझेदारी हो ।
नेपालका दुवै ओनपर आउट भएका छन् । कुशल ९९ रनमा आउट हुँदा आसिफ ६६ रन बनाएर आउट भएका छन् । नेपालले ३७ ओभरमा २ विकेटको क्षतिमा १७४ रन जोडेको छ ।







