बैंकिङ क्षेत्रमा सुधारको संकेत देखिएसँगै सेयर बजारमा उछाल, लगानीकर्ता उत्साहित

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उछाल आएको छ । यस दिन सेयर बजार २.५६ प्रतिशतले बढेको छ ।
लामो समय तरलताको समस्या भोगिरहेको बैंकिङ क्षेत्रमा केही सुधारको संकेत देखिएसँगै सेयर बजार पनि बढ्न थालेको छ । बैंकका महत्वपूर्ण सूचकहरु सुधारको गतिमा देखिएसँगै लगानीकर्ताहरुको मनोबल बढेको छ ।

आज कारोबार मापक नेप्से परिसूचक ५२.२ अंकले बढेर २०९४.३३ बिन्दुमा उक्लिएको छ । त्यस्तै, सेन्सेटिभ परिसूचक ७.१८ अंकले बढेर ३९०.५६ बिन्दुमा उक्लिएको छ ।

कारोबार अवधिभर नेप्सेमा सूचीकृत २८० कम्पनीको १ करोड २० लाख ९५ लाख ९६६ कित्ता सेयर खरिदबिक्रि हुँदा ४ अर्ब ६६ करोड ९१ लाख ८४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

यस दिन बैंकिङ समूह बाहेक अन्य सबै उपसमूहमा हरियाली छाएको छ ।यस दिन १९० कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको सेयर मूल्य घटेको छ ।

आज ६ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज नेपाल इन्स्योरेन्स, प्रभु लाइफ इन्स्योरेन्स, ग्रीन भेन्चर्स लिमिटेड, सुपर मादी हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र मेंछियाम हाइड्रोपावरको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।

त्यसैगरी, सिटी होटल, महुली लघुवित्त, साधना लघुवित्त, स्वेत गंगा हाइड्रोपावर लगायत कम्पनीको सेयर पनि पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ ।

आज शिवम् सिमेन्ट्सको सेयर सबैभन्दा धेरै खरिदबिक्रि भएको छ। शुभम् पावरको सेयर मूल्य भने सर्वाधिक घटेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *