जिम्बावेविरूद्ध ऐतिहासिक शतक बनाउन कुशल एक रनले चुके
काठमाडौं । विश्वकप क्रिकेट छनोट अन्तर्गत जिम्बाव्वेविरुद्ध भइरहेको खेलमा कुशल भुर्तेल शतक पूरा गर्नबाट १ रनले चुकेका छन् । टेस्ट मान्यता प्राप्त टोलीसँगको पहिलो खेलमा भुर्तेलले शतक बनाउँनबाट एक रनले पछि परेका हुन् । कुशल ९९ रन बनाएर आउट भए । ९५ बल खेलेका उनले १३ चौका र २ छक्का हाने । पहिलो विकेटका लागि…



