बैंकिङ प्रणालीमा तरलता सहज हुँदै, अन्तर बैंक ब्याजदर घट्यो

काठमाडौं । बैंकिङ प्रणालीमा तरलता सहज हुँदै गएसँगै अन्तर बैंक ब्याजदर पनि घटेर साढे ५ प्रतिशतको हारहारीमा झरेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार अन्तर बैंक ब्याज दर ५ दशमलव ७४ प्रतिशत छ । यसअघि लामो समयसम्म ७ प्रतिशत कायम रहेको थियो।

बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो ८४.१९ प्रतिशत कायम भएको छ । यसअघि अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशतको हाराहारीमा थियो ।

राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकहरुमा कुल ५५ खर्ब ४७ अर्ब निक्षेप छ भने कुल ४८ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ ।

बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता हुँदा बैंकहरुले ब्याजदर पनि घटाउन थालेका छन् । बैंकहरुको आधारदर घटेसँगै कर्जाको ब्याजदर ०.२४ प्रतिशत बिन्दुले घटाएका छन् ।
असारमा बैंकहरुको औसत आधारदर १० प्रतिशत कायम भएको छ । चैतमा १०.४८ प्रतिशत रहेको बैंक तथा वित्तीय संस्थाको आधार दर वैशाखमा १०.२२ प्रतिशतमा झरेको छ । असारमा आधार दर घट्दै १० प्रतिशतमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *