


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले असार महिनाभित्र ब्याज भुक्तानी गर्दा ५ प्रतिशत छुट दिने भएको छ । बैंकले देशको व्यावसायिक क्षेत्रमा भएको असहज परिस्थितिलाई मध्यनजर गर्दै यही असार १ गतेदेखि ३१ गतेसम्म सबै प्रकारको कर्जाको ब्याज भुक्तानी गर्दा भुक्तानी गरिएको रकमको ५ प्रतिशत सम्पूर्ण ऋणिहरुलाई छुट दिने निर्णय गरेको हो।
जुनसुकै प्रकारको कर्जाको वर्गीकरण (असल, सुक्ष्म निगरानी, कमशल, शंकास्पद, खराब), जतिसुकै अवधिको ओभरडिउ, नर्मल तथा पेनल ब्याजको आंशिक वा पूरा भुक्तानीमा समेत ब्याज छुट प्रदान गरिने बैंकले जनाएको छ ।
ब्याज छुट रकम सम्बन्धित ऋणिको खातामा फिर्ता/जम्मा गरिनेछ । बैंक यो अवसरको लाभ लिन सम्बन्धित सम्पूर्ण ऋणिहरुलाई अनुरोध गरेको जनाएको छ ।
Artha Sanjal

अर्थ सन्जाल