


काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार रोक्का गरेको छ ।
आदर्शलाई डिप्रोक्स लघुवित्तले प्राप्ति गरेर असार १ गतेदेखि एकिकृत कारोबार थाल्दै भएपनि सेयर कारोबार रोक्का गरेको हो ।
लघुवित्तले मर्जर प्रयोजनको लागि सेयर कारोबार रोक्का गर्न नेप्सेलाई जेठ २८ गते आग्रह गरेको थियो । सोहि पत्रका आाधारमा नेप्सेले असार १ गतेदेखि लागू हुने गरी सेयर कारोबार रोक्का गरेको हो ।
डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई १ बराबर १ सेयर स्वाप अनुपातमा प्राप्त गर्ने सहमति भएको हो । दुवै संस्था एक भएपछि लघुवित्तको चुक्ता पूँजी एक अर्ब ५५ करोड १० लाख रुपैयाँ पुग्ने छ ।
प्राप्ति पश्चात डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको केन्द्रिय कार्यालय चितवनको भरतपुर महानगरपालिका वडां. १० भरतपुरमा रहनेछ ।
Artha Sanjal

अर्थ सन्जाल