घोराही सिमेन्टको आईपीओ आजदेखि बिक्री खुला, प्रतिकित्ता मूल्य ४३५ रुपैयाँ

काठमाडौं । घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेडले आज (जेठ ३२ गते) देखि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री खुला भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि बाँडफाँट गरी बाँकी भएको सबै सेयर सर्वसाधारणमा जारी गर्न लागेको हो । यस अनुसार कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्काशन गर्नेछ।

सो आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्काशन बन्द छिटोमा असार ४ गते हुनेछ भने ढिलोमा असार १४ गते हुनेछ।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी ट्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *