निरन्तर ओरालो लाग्दै सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको भाउ ओरालो लागेको छ। आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। बुधबार सुन प्रतितोला ९०० रुपैयाँले घटेको थियो।

योसँगै प्रतितोला छापावाला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यो दिन प्रतितोला छापावाला सुन १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार २५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *