काठमाडौं । साताको तेस्रो कराबर दिन सेयर बजारमा रौनकता देखिएको छ । यस दिन सेयर बजारले २००० को बिन्दु पार गर्न सफल भएको छ ।
यस दिन सेयर बजार मापक नेप्से परिसूचक ३४.१७ अंकले बढेर २०२०.६४ को बिन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि ६.५२ अंकले बढेर ३७९.८७ को बिन्दुमा उक्लिएको छ।
कारोबार पनि आज बढेर सवा ४ अर्ब रुपैयाँको हाराहारीमा भएको छ। जुन ६ महिनायताकै उच्च हो । आज कारोबार अवधिभर २७० कम्पनीका १ करोड ८ लाख १ हजार ६९३ कित्ता सेयर ४ अर्ब १२ करोड ६६ लाख ९५ हजार ९४४ रुपैयाँमा कारोबार भएका छन्।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक ४.३२ प्रतिशतले उकालो लागेको छ। जीवन बीमा समूह २.७३ प्रतिशतले बढ्दा बैंकिङ समूहमा ०.६१ प्रतिशत, विकास बैंक समूहमा १.५७ प्रतिशत, वित्त समूहमा २.१९ प्रतिशत, होटेल तथा पर्यटन समूहमा २.३० प्रतिशत, जलविद्युत समूहमा १.९३ प्रतिशत, लगानी समूहमा १.९२ प्रतिशत, लघुवित्त समूहमा २.६४ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.१९ प्रतिशत, निर्जीवन बीमा समूहमा २.१६ प्रतिशत, अन्य समूहमा १.१२ प्रतिशत र व्यापार समूहमा २.४२ प्रतिशतको बढोत्तरी भएको छ।
आज कारोबार रकमको आधारमा शिवम सिमेन्ट अगाडि रहेको छ । कम्पनीको सर्वाधिक २७ करोड ६६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
त्यसैगरी, हिमालयन डिस्टिलरीको १७ करोड ५० लाख रुपैयाँबराबरको कारोबार भएको छ भने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको १६ करोड २६ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
आज ३ वटा कम्पनीको सेयरभाउमा पोजिटिभ सर्किट लागेको छ । विन नेपाल लघुवित्तको सेयरभाउमा १० प्रतिशतले बढेको छ भने भूगोल इनर्जी र सिटी होटेलको सेयरभाउमा १० प्रतिशतको हाराहारीमा वृद्धि भएको छ ।
यो दिन युनिलिभर नेपालका सेयरधनीहरुले धेरै गुमाए । यो कम्पनीको सेयरभाउ ३ प्रतिशत बढीले ओरालो लागेको छ।
अर्थ सन्जाल