काठमाडौं । आज पनि शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ को विन्दुमा बन्द भएको छ ।
आज ३४१ कम्पनीको १ करोड ५ लाख ८८ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब माथिको शेयर कारोबार भएको छ । आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने २०१ कम्पनकिो घटेको छ । आज ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।
आज सबैभन्दा धेरै लिबर्टी इनर्जीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको २१ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको १९ करोड ११ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै लिबर्टी इनर्जीका लगानकिर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १५ प्रतिशतका दरले कमाएका छन् । दोल्तीका लगानीकर्ताले ८.२२ प्रतिशतका दरले कमाएका छन् । अपर लोहोरे खोलाका लगानकिर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १४.९८ प्रतिशतका दरले गुमाएका हुन् ।




