बैंकहरुले घटाए सेयर धितो कर्जा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाले सेयर धितो राखेर दिने कर्जा घटाएका छन् । वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितो कर्जाबापत ७४ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जबकी गत वर्ष त्यही अवधिमा यस्तो कर्जाबापत ९१ अर्ब ४१ करोड रुपैयाँ प्रवाह गरेका थिए ।

गत वर्षको तुलनामा यस वर्ष सेयर धितो कर्जा १८.०२ प्रतिशतले घटेको छ ।

गत वर्षको तुलनामा सम्रगमा सेयर धितो कर्जा घटे पनि २५ देखि ५० लाख सम्ममको कर्जा भने बढेको छ। वैशाख मसान्तसम्म ५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा बढेको छ ।

वैशाखसम्म ५० लाखदेखि १ करोडसम्मको सेयर धितोबापत बैंक तथा वित्तीय संस्थाले ११ अर्ब ३९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्ष सोही अवधिमा ११ अर्ब ३३ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए।

यही वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने २५ लाखसम्म, २५ देखि ५० लाखसम्म र १ करोडमाथिको सेयर धितो कर्जा दर घटेको छ। वैशाख मसान्तसम्म एक करोडमाथिको सेयर धितोकर्जा बापत ४४ अर्ब ६ करोड प्रवाह भएको छ। गत वर्ष त्यही अवधिमा बैंकहरूले ५५ अर्ब ९ करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *