जगदम्बा मोटर्सलाई टिभिएसका दुई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक तथा शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्सले दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस मोटर कम्पनीको आफ्टर–सेल्स सम्मेलनमा दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । उक्त सम्मेलनमा टिभिएस मोटरका विभिन्न देशका अन्तर्राष्ट्रिय वितरकहरूको सहभागिता रहेको थियो ।

सम्मेलनमा ‘Beyond Borders’ ले जगदम्बा मोटर्सलाई’Overall Service Best Performance’ र ‘Best Manufacturing Unit–Asia’ गरी दुई अवार्ड प्रदान गरेको हो । यससँगै विभिन्न देशका वितरकहरूको सहभागिता रहेको विश्वव्यापी मञ्चमा नेपालको नामसमेत सम्मानित भएको छ ।

विशेषगरी ‘Overall Service Best Performance’अवार्ड निकै महत्वपूर्ण रहेको छ । यसले जगदम्बा मोटर्सको वर्कसप, दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पाट्र्सको उपलब्धता तथा ग्राहक सेवासहितको सम्पूर्ण सर्भिस नेटवक टिभिएस परिवारअन्तर्गत विश्वकै उत्कृष्टमध्ये एक रहेको पुष्टि गरेको छ ।

नेपाली टिभिएस प्रयोगकर्ताका लागि यो सम्मानले उनीहरूले नेपालमै प्राप्त गर्ने सेवाको स्तर टिभिएस सञ्चालनमा रहेका अन्य देशको विश्वस्तरीय सेवासरह रहेको प्रमाणित गर्छ । यस उपलब्धिबारे जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले भने, “यो सम्मान वर्षौंदेखि हामीमाथि विश्वास गर्दै आएका हाम्रा ग्राहक र त्यो विश्वास कायम राख्न हरेक दिन मेहनत गर्ने हाम्रो सेवा टोलीको उपलब्धि हो । ‘इखभचबिि क्भचखष्अभ द्यभकत एभचायचmबलअभ’ अवार्ड प्राप्त हुनु भनेको नेपाली ग्राहकले आफ्नै देशमा विश्वस्तरीय सेवा पाइरहेका छन् भन्ने प्रमाण हो । टिभिएस सवारीसाधन प्रयोग गर्ने जो–कोही ग्राहकले आफू उत्कृष्ट सेवाको हातमा रहेकोमा पूर्ण रूपमा विश्वस्त हुन सक्नुहुन्छ ।”

जगदम्बा मोटर्स नेपालका प्रतिष्ठित व्यावसायिक घरानामध्ये एक शंकर ग्रुपको हिस्सा हो। शंकर ग्रुप गुणस्तर, इमानदारी र दीर्घकालीन ग्राहक सम्बन्धप्रतिको प्रतिबद्धताका लागि परिचित छ । ग्रुपका यिनै मूल्य–मान्यताले जगदम्बा मोटर्सको सेवा मापदण्डलाई समेत निरन्तर मार्गदर्शन गर्दै आएका छन् ।

जगदम्बा मोटर्सले दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पाट्र्स, पारदर्शी सेवा र देशभरको नेटवर्कमार्फत छिटो तथा प्रभावकारी ग्राहक सेवाका माध्यमबाट यी उच्च सेवा मापदण्डलाई निरन्तर कायम राख्ने प्रतिबद्धता जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *