बैंकहरुमा थुप्रियो लगानीयोग्य रकम, असारमा कर्जाको ब्याजदर घट्ने

आगामी असारमा कर्जाको ब्याजदर घट्ने भएको छ । पछिल्लो समय बैंकमा निक्षेप बढ्दै गएका कारण घट्दो क्रममा रहेको अन्तर बैंकिङ ब्याजदर, लगानीको अभावका कारण बैंकहरुमा तरलता (लगानी योग्य रकम) थुप्रिँदा ब्याजदर घट्ने भएको हो ।

वाणिज्य बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स संघ (एनबीए) को मंगलबार बसेको बैठकले असारका लागि कर्जाको ब्याजदर घटाउने निर्णय गरेको हो । हाल बैंकहरुले कर्जामा अधिकतम १२.०३ प्रतिशत ब्याजदर लिइरहेका छन् ।

निक्षेपको ब्याजदर भने स्थिर रहने भएको छ । हाल वाणिज्य बैंकहरुले साधारण निक्षेपमा ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याज प्रदान गरिरहेका छन् भने मुद्दती निक्षेपमा ७.९९ प्रतिशतदेखि ९.९९ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । सोही ब्याजदरलाई निरन्तरता दिने निर्णय भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *