संस्थापकले किनेनन् प्रभु बैंकको सेयर, सर्वसाधारणका लागि बिक्रीमा

काठमाण्डौ । प्रभु बैंकको साढे २६ लाख कित्ता सेयर आजबाट बिक्री  गर्ने भएको छ ।

बैंकका विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको कुल २६ लाख ५० हजार ८०२ कित्ता सेयर बिक्री आज (जेठ २६ गते) बाट गर्ने भएको छ । यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

इच्छुक लगानीकर्ताले १५ दिनभित्र काठमाण्डौको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन दिनुपर्नेछ।

यसअघि बैंकले उक्त सेयर ३५ दिनको म्याद दिई संस्थापक सेयरधनीहरुका लागि आवेदन खुला गरेको थियो। तर, संस्थापक सेयरधनीहरुबाट खरिदका लागि आवेदन नपरेपछि सर्वसाधारणका लागि बिक्री खुला गरिएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *