अर्थमन्त्रीलाई रवि लामिछानेको प्रश्न, ‘डडेल्धुरा, नुवाकोट र गोरखामा कति बजेट छुट्याइएको छ ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले डडेल्धुरा, गोरखा र नुवाकोटमा कति बजेट छुट्याइएको छ ? भन्दै अर्थमन्त्री प्रकाशशरण महतलाई प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधि सभामा बजेटमाथिको छलफलमा भाग लिँदै उनले यस्तो प्रश्न गरेका हुन् ।

उनले भने, ‘लगभग ४०/देखि ५० प्रतिशत विकास बजेट डडेल्धुरा, गोरखा र नुवाकोट छुट्याइएको जानकारी आएको छ हामीबाट अरुबाट सुन्न चाहदैनौं । सञ्चारमाध्यमका हेडलाइनको जाँच गर्दै गरौँला माननीय अर्थमन्त्रीबाट यसको जवाफ चाहन्छु । बताइदिनुहोला डडेल्धुरा, नुवाकोट र गोरखामा कति बजेट छुट्याइएको छ ?’

उनले मदेशलाई बजेटमा गरिएको विभेदको बारेमा जानकार भए नभएको बारेमा समेत प्रश्न गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *