


काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले आईपीओ ४५ दिनभित्रै स्वीकृत हुने वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । धितोपत्र बोर्डको आज ३१औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हमालले अब आईपीओ ४५ दिनभित्रै स्वीकृत हुने वातावरण निर्माण गरिने बताएका हुन् ।
हमालले एलओआई पाएका सबै कम्पनीलाई दुई महिनाभित्र लाइसेन्स वितरण गरेर ब्रोकरको संख्या ९३ पुर्याउने घोषणा गरेका छन् ।
आगामी आर्थिक वर्षभित्र कमोडिटिज एक्सचेन्ज पनि सञ्चालन गर्ने धितोपत्र बोर्डको योजना रहेको अध्यक्ष हमालले सुनाए।
हमालले धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने प्रतिबद्धता गरेका छन् ।
Artha Sanjal

अर्थ सन्जाल