बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट नगद लाभांश वितरण गरेको छ ।
गत पुस २६ गते सम्पन्न २९औं वार्षिक साधारण सभाबाट कम्पनीले यस वर्षका लागि नगद लाभांशसँगै १० प्रतिशत बोनस शेयर लाभांश प्रस्ताव पारित गरेको थियो । कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि लागि पुस ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गरेको हो।
कम्पनीले बोनस शेयर धितोपत्र दोस्रो बजारमा सूचीकरण पश्चात वितरण गर्ने जानकारी दिएको छ छ नगद लाभांश माघ २७ गतेदेखिनै वितरण गर्न सुरु गरेको हो । कम्पनीका अनुसार पुस ८ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन्।
कम्पनीले जम्मा चुक्तापूँजी रू. २ अर्ब ९५ करोड १५ लाख ५४ हजारको आधारमा लाभांश वितरण गरेको बताएको छ । गत आर्थिक वर्ष कम्पनीको ५० करोड ४६ लाख १९ हजार खुद नाफा थियो ।






