सुनको मुल्य प्रतितोला आठ सय रुपैयाँले बढेको छ । केहि दिनदेखि लगातार बढिरहेको सुनको मूल्य सोमबार भने ४ सय रुपैयाँ घटेको थियो भने आज फेरी बढेको हो ।
मंगलबार सुन प्रति प्रतितोला ९७ हजार रुपैयाँमा बारोबार भएको छ भने तेजावी सुन प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेकोे छ । त्यस्तै चाँदीको मुल्य १३१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।