नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा लाभांश वितरण

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले यस वर्षको कुल १६ प्रतिशत लाभांश वितरण प्रकृया सम्पन्न गरेको छ । बैंकले यस वर्ष लागि पारित गरेको १२ दशमलव ६१ प्रतिशत बोनस शेयर र कर समेत ३ दशमलव ३९ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

नगद लाभांश पुसमै वितरण गरेको बैंकले बोनस शेयर भने धितोपत्र दोस्रो बजारमा सूचीकरणपश्चात सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको हो । बैंकले बोनस शेयर धितोपत्र दोस्रो बजारमा फागुन ३ गते सूचीकरण गरेको हो ।

बैंकले मंसिर १७ गते सम्पन्न ३५औं वार्षिक साधारण सभा मार्फत उक्त लाभांश पारित गरेको थियो । बैंकले चुक्तापूँजी रू. १६ अर्ब २५ करोड ७३ लाख २९ हजार ५०० को आधारमा यस वर्ष कुल १६ प्रतिशत लाभांश वितरण गरेको हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *