एनएमबि बैंकको १ लाख ४७ हजारभन्दा बढी कित्ता संस्थापक शेयर विक्रीमा

एनएमबि बैंक लिमिटेडले १ लाख ४७ हजार ९३७ कित्ता संस्थापक शेयर फागुन १० गतेदेखि विक्रीमा ल्याएको छ । बैंकले शेयरधनीहरु मान बहादुर फागुनको नाममा रहेको ५० हजार ९३७ र दयाराम भट्टराईको नाममा रहेको ९७ हजार कित्ता संस्थापक शेयर विक्रीका लागि मंगलवार ३५ दिने सुचना जारी गरेको हो । उक्त शेयर खरिदका लागि बैंकले पहिलो प्राथमिकता विद्यमान संस्थापक शेयरधनीहरुलाई दिएको छ ।

विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र बैंकको केन्द्रिय कार्यालय बबरमहल, काठमाडौंमा निवेदन दिनुपर्ने बैंकको भनाई छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन प्राप्त नभएमा भने यी शेयर अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री प्रकृया अघि बढाईने जानकारी समेत बैंकले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *