जाल्पा सामुदायिक लघुवित्तको लाभांश सुरक्षित गर्ने आज सोमबार जेठ २२ गते अन्तिम दिन रहेको छ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ संस्थाले भोलि जेठ २३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ आज जेठ २२ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
सभाले आर्थिक वर्ष २०७८/७९का लागि प्रस्तावित कुल १५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७५ प्रतिशत नगद लाभांश छन्।
साभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणहरुमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ । यता, अन्य कुनै लघुवित्तसँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव रहेको छ । साधारण सभा एस आर होटल, ड्राइभरटोल रुपन्देहीमा बिहान ९ बजे सुरु हुनेछ ।






