कुमारी बैंकले करिब १५ लाख कित्ता सेयर बिक्री गर्दै

कुमारी बैंकले करिब १५ लाख कित्ता सेयर आज जेठ २२ गतेबाट बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक समूहको १४ लाख ९० हजार कित्ता सेयर लिलामी प्रक्रियामार्फत बिक्री गर्ने भएको छ ।

यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै जोकोही योग्य व्यक्ति, कम्पनी तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ। यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ।
बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ता र अधिकतममा १० ले भाग जाने संख्यामा वा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ।

आवेदन धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाण्डौको कमलादीस्थित कार्यालयमा पेस गर्न सकिनेछ। आवेदन दिने अन्तिम मिति जेठ २९ गते अन्तिम दिन रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *