पुँजीगत लाभकरबारे अर्थ मन्त्रालयले प्रष्ट पारेसँगै सेयर बजारमा उछाल

काठमाडौं । अर्थ मन्त्रालयले पुँजीबजारमा लिइँदै आएको ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर अन्तिम कर हुने स्पष्टोक्ति दिएसँगै सेयर बजारमा उछाल आएको छ ।

अर्थ मन्त्रालयले सेयर लगानीकर्ताका माग पूरा गर्न सहमत भएपछि सेयर बजार बढ्न थालेको हो । आज अर्थ मन्त्रलायमा भएको वार्तामा अर्थमन्त्री प्रकाशशरण महतले हाल कायम ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभकर नै अन्तिम हुने स्पष्ट पारेका थिए । आज अर्थ मन्त्रालयमा आन्दोलनरत लगानीकर्ता र सरकारबीच भएको छलफलमा भएको थियो ।

यसअघि बिहान सेयर लगानीकर्ताहरुले सबै ब्रोकरमा ताला लगाएर बजार नै ठप्प पारेका थिए । अर्थ मन्त्रालयले लगानीकर्ताको माग सम्बोधन गरेसँगै बजारमा उत्साह देखिएको हो ।

यो समाचार तयार पार्दासम्म (१ बजेर २० मिनेट जाँदा) नेप्से सूचक ४५.८३ अंकले बढेर १९ सय विन्दुभन्दा माथि उक्लिएको छ ।
यो अवधिमा नेप्से २.४६ प्रतिशतले बढेर १९१२.१७ बिन्दुमा उक्लिएको छ ।

यो अवधिमा ७० करोड ७५ लाख २२ हजार रुपैयाँभन्दा माथिको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *