नेपालले जित्यो मलेसियाविरुद्धको टी-ट्वान्टी सिरिज

नेपालले मलेसियाविरुद्ध पाँच खेलको महिला टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज जितेको छ । आइतवार भएको अन्तिम खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै सिरिज ३-२ ले जितेको हो ।

अन्तिम खेलमा जितका लागि पाएको ११० रनको लक्ष्य नेपालले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि सिता राना मगरले सर्वाधिक ३४ रन बनाइन् भने कप्तान रुविना क्षेत्रीले २३ रनको योगदान गरिन् । अप्सरी बेगमले १५ रन जोडिन् ।

मलेसियाका लागि आइना हसिमले २ तथा महिरन इस्माइल, विनिफ्रेड अन्नी, आइस्या इलिसा र नुर डानियाले १-१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा रन १०९ जोडेको थियो । यसअघिका चारमध्ये २ खेल नेपाल तथा २ खेल मलेसियाले जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *