सबै ब्रोकर बन्द गरेर आन्दोलनमा उत्रिए लगानीकर्ता, अर्थमन्त्रालय पुगेर सरकारसँग छलफल गर्दै

काठमाडौं । आन्दोलनरत सेयर लगानीकर्ता र सरकारबीच अर्थमन्त्रालय चलिरहेको छ । कर नीतिको विरोध जनाउँदै आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताहरु छलफलका लागि आज अर्थ मन्त्रालयमा पुगेका हुन्। छलफलमा अर्थमन्त्री, अर्थ मन्त्रालयका पदाधिकारी, सेबोन अध्यक्ष र लगानीकर्ताका प्रतिनिधिहरुको उपस्थित रहेको छ।

आन्दोलनरत लगानीकर्ताहरुले आज बिहान काठमाडौंमा रहेका ५० वटै ब्रोकर कार्यालयमा तालाबन्दी समेत गरेका छन् । लगानीकर्ताहरुले आर्थिक विधेयकको २९ नं. बुँदा खारेजीको माग लगानीकर्ताहरुले गरेका छन् । उक्त बुँदामार्फत सेयर लगानीकर्तालाई आयकरमा तान्न लागिएको उनीहरुको भनाइ छ।

May be an image of text that says 'TMS बन्द कार्यक्रम जारी छ खोल्ने प्रयास भएमा सम्बन्धित पक्षले हुने हानी ब्यहोर्नु पर्नेछ पूँजी बजारमारा कर नीति विरद लगानीकर्ताको आन्दोलन'

बजेटको नयाँ व्यवस्थाले पूँजी बजार र घर जग्गामा मात्र नभइ समग्र अर्थतन्त्रलाई नै क्षति पुर्याउने लगानीकर्ताहरूकाे भनाइ छ । विद्यमान पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने  लगानीकर्ताहरुको अडान छ।

सबै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरी सेयर लगानीकर्ता आन्दोलनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भने कारोबार प्रणाली खुला नै राखेको छ।

May be an image of 1 person, studying and text

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *