


काठमाडौं । आन्दोलनरत सेयर लगानीकर्ता र सरकारबीच अर्थमन्त्रालय चलिरहेको छ । कर नीतिको विरोध जनाउँदै आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताहरु छलफलका लागि आज अर्थ मन्त्रालयमा पुगेका हुन्। छलफलमा अर्थमन्त्री, अर्थ मन्त्रालयका पदाधिकारी, सेबोन अध्यक्ष र लगानीकर्ताका प्रतिनिधिहरुको उपस्थित रहेको छ।
आन्दोलनरत लगानीकर्ताहरुले आज बिहान काठमाडौंमा रहेका ५० वटै ब्रोकर कार्यालयमा तालाबन्दी समेत गरेका छन् । लगानीकर्ताहरुले आर्थिक विधेयकको २९ नं. बुँदा खारेजीको माग लगानीकर्ताहरुले गरेका छन् । उक्त बुँदामार्फत सेयर लगानीकर्तालाई आयकरमा तान्न लागिएको उनीहरुको भनाइ छ।
बजेटको नयाँ व्यवस्थाले पूँजी बजार र घर जग्गामा मात्र नभइ समग्र अर्थतन्त्रलाई नै क्षति पुर्याउने लगानीकर्ताहरूकाे भनाइ छ । विद्यमान पूँजीगत लाभकर ५ र ७.५ प्रतिशत नै अन्तिम कायम गर्नुपर्ने लगानीकर्ताहरुको अडान छ।
सबै ब्रोकर कार्यालयहरुमा तालाबन्दी गरी सेयर लगानीकर्ता आन्दोलनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले भने कारोबार प्रणाली खुला नै राखेको छ।

अर्थ सन्जाल