सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज एकैदिन तोलामा १ हजार ७०० रुपैयाँले घटेको हो। योसँगै छापावाला सुन प्रतितोला १ लाख ११ हजार ६०० रुपैयाँ तेजाबी सुन १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको थियो। यो दिन छापावाला सुन प्रतितोला १ लाख १३ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। सुनको यो भाउ हालसम्मकै उच्च हो।

आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा २५ रुपैयाँले बढेर चाँदी १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *